२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

उपचारकोक्रममा बालगायक परियारको निधन

उपचारकोक्रममा बालगायक परियारको निधन

बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • काठमाडौँ - सेप्टिक सकमा पुगेका बालगायक सचिन परियारको उपचारकोक्रममा निधन भएको छ । १३ बर्षको उमेरमा परियारको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान १० बजेर ४५ मिनेट जाँदा उनको निधन भएको हो । 
    सचिनले केही चर्चित गीत गाउनुका साथै केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । कमला घिमिरे, करुणा राई र गोविन्द पौडेलको श्वर रहेको ुवरको छायाँलेु बोलको गीतमा सचिनले राजेश हमालसँग अभिनयसमेत गरेका छन् ।
    त्यस्तै सचिनको श्वर र अभिनय रहेको ुओठ खोलेरु बोलको गीतको म्युजिक भिडियो झन्डै २ करोड पटक हेरिएको छ । त्यस्तै उनले अस्मिता अधिकारीसँग ुके छ र हजुरु बोलको गीतसमेत गाएका छन् । केही वर्षदेखि उनको स्वास्थ्यका बारेमा सामाजिक सञ्जालमा चर्चासमेत भएका थिए । उनका बुवा तेजेन्द्र परियारले सचिन बिरामी रहेको र उपचार भइरहेको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।

    के भएको थियो सचिनलाई ?
    उपचारका संलग्न चिकित्सकहरूका अनुसार सचिन परियारको मस्तिष्कमा पानी जम्ने समस्या थियो । त्यसका साथै उनलाई डाइबिटिज इन्सिपिडसको पनि समस्या थियो । डाइबिटिज इन्सिपिडसको समस्या भएका व्यक्तिको मिर्गौलाले अत्यधिक मात्रामा पिसाब बनाउने गर्छ । यो निकै दुर्लभ खालको समस्या हो ।
    यस्तै करिब ६ महिनाअघि टिचिङमा भर्ना भएर उपचार गराउँदा मस्तिष्कमा जमेको पानीलाई कम गर्न शल्यक्रिया गरेर पाइप राखिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले नाम उल्लेख नगर्ने सर्तमा बताएअनुसार पछिल्लो समय भने उनी संक्रमणका कारण भर्ना भएका थिए । अस्पताल भर्ना गर्दा उनी सेप्टिक सकमा थिए । त्यसको उपचार भइरहेकै समयमा उनको मृत्यु भएको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend