२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

सिलिण्डरको ग्याँस चुहिएर आगलागि हुँदा बृद्धाको जलेर मृत्यु

सिलिण्डरको ग्याँस चुहिएर आगलागि हुँदा बृद्धाको जलेर मृत्यु

आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • पर्वत-कुश्मा नगरपालिका वडा नम्बर १० पिपलटारीमा खाना पकाउने ग्याँस चुहिएर आगलागी हुँदा ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर घटनास्थलमै मृत्यु भएको छ।
    तल्लो रोहोटेका ध्रुरव रेग्मीको घरमा चिया पिउन र दूध लिन रेग्मीको पुगेकी बृद्धा पौडेलको आइतबार बिहान ग्यास चुहिएर आगलागी जलेर मृत्यु भएको हो।
    घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले बताए।
    उनकाअनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ।
    आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो।
    आगलागीबाट घरमा क्षति पुगेको बताउँदै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए।
    मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएका प्रहरीले जानकारी दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend