२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

तिब्ब्त भूकम्पमा ९५ जनाको मृत्यु, १३० घाईते

तिब्ब्त भूकम्पमा ९५ जनाको मृत्यु, १३० घाईते

मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • काठमाडौं-तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ।
    तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ९५ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। 
    त्यस्तै १३० जना भन्दा बढी घाइते रहेको पनि समाचारमा उल्लेख छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएर क्षति न्यूनिकरण गर्न निर्देशन दिएका छन्। सयौंको संख्यामा सुरक्षाकर्मीहरू परिचालन भएका छन्।
    बिहान ६.५० बजे गएको भूकम्प नेपालमा पनि धक्का महसुस भएको थियो।
    काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा मानिसहरू घरबाहिर निस्किएका थिए। काठमाडौंको स्‍युचाटारमा एक जना पुरूषले घरको छतबाट हामफालेर घाइते भएका छन्।
    अन्य केही घरहरूमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ। 
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend