काठमाडौँ-भारतको अयोध्यामा २२ बर्षिया एक दलित युवतीको सामुहिक वलात्कार पछि हत्या भएको छ । ती युवतीको शव नालामा नांगो अबस्थामा फेला परेको थियो । प्रहरीले सामुहिक वलात्कार पछि उनको हत्या भएको अनुमान गरेको छ । तीन दिन अघिदेखि वेपत्ता ती युवतीको बारेमा परिवारले प्रहरीलाई जानकारी दिएपनि गम्भिरतापूर्वक नलिएको पीडित परिवारको आरोप छ । युवतीको हात बाँधिएको अबस्थामा शव फेला परेको थियो । शरीरका ठाउँ ठाउँमा गम्भिर चोट लागेको थियो ।
भारतीय राज्य उत्तर प्रदेशको अयोध्यामा २२ वर्षीया दलित युवतीको निर्मम हत्या भएपछि समाजवादी पार्टीका नेता तथा सांसद अवधेश प्रसाद पत्रकार सम्मेलनमै धुरुधुरु रोएका छन्।
समाचार एजेन्सी एएनआईका अनुसार आइतबार घटनाबारे आयोजित पत्रकार सम्मेलनमा सांसद अवधेश प्रसाद भावुक हुँदै रोएका हुन्।
उनले रुँदै भने, ‘हामीलाई दिल्ली जान दिनुहोस्। हामी हाम्रो मुद्दा लोकसभामा मोदीसमक्ष राख्नेछौँ। यदि हामीले न्याय पाएनौँ भने हामी लोकसभाबाट राजीनामा दिनेछौँ।’
उनले अगाडि भने, ‘हामी हाम्रा छोरीको जीवन बचाउन असफल भइरहेका छौँ। इतिहासले के भन्ला ?’
शनिबार अयोध्यामा एक दलित युवतीको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो।
परिवारका अनुसार मृतकको आँखा निकालिएको र उनको शरीरको हड्डी पनि भाँचिएको अवस्थामा भेटिएको थियो।
अधिकारीहरूले ती युवतीलाई सामूहकि आक्रमण नै भएको आशंका गरेका छन्।
बिहीबार साँझदेखि बेपत्ता ती युवती परिवारले खोजिरहेको थियो।