तनहुँ -पृथ्वीराजमार्गको तनहुँस्थित मालेबगरखण्डमा टिपरको ठक्करवाट स्कुटरमा सवार पोखराकी ४१ बर्षिया आमा अप्सरा केसीको मृत्यु भएको छ । घटनामा उनका २१ बर्षिय छोरा घाईते बनेका छन ।
पोखरा ३२ घर भएकी अप्सरा चढेको ग १८ प ७७५२ नं को स्कुटरलाई लाई शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग १ क ५८९६ नम्बरको खाली टिपरले ठक्कर दिएको थियो । ठक्करवाट गम्भिर घाईते केसीलाई जीपी कोइराला स्वासप्रश्वास अस्पतालमा पुराउँदा चिकित्सकले मृत घोषित गरेका थिए । घटनामा २१ बर्षिय स्कुटर चालक दिपेशकुुमार क्षेत्री सामान्य घाईते बनेका छन ।
टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र ३ ०१–०२२ च ६७७८ नं को कारलाई समेत ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए। दुर्घटनामा तनहुँ शुक्ला गण्डकी ११ साँखेका ३१ बर्षिय कार चालक महेश पौडेलको हातमा चोट लागेको छ । उनलाई उपचारपछि अस्पतावाट डिस्चार्ज गरिएको छ ।