काठमाडौँ- ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ आज देशभर विभिन्न कार्यक्रम गरेर मनाईदैछ । कार्यक्रममा जहाँनिया राणा शाषन विरुद्ध २००७ सालमा ज्यानको बाजि लगाएर जीवन अर्पण गरेका शहीदहरुलाई श्रद्धाञ्जली अपर्ण गरिनेछ ।
नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले आज सार्वजनिक विदा घोषणा गरेको छ ।