२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

बाटो खन्दा खसेको ढुंगाले लागेर स्काभेटर चालकको मृत्यु

बाटो खन्दा खसेको ढुंगाले लागेर स्काभेटर चालकको मृत्यु

बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • गोरखा-हाइड्रोपावरको ड्याम जाने नयाँ ट्र्याक खोल्ने क्रममा खसेको ढुंगाले लागेर अजिरकोटमा स्काभेटर चालकको घटनास्थलमै मृत्यु भएको छ। 
    अजिरकोट गाउँपालिका–१, स्थित चिस्याङमा बाटो खन्ने क्रममा खसेको ढुंगाले लाग्दा तनहुँको आँबुखैरेनी गाउँपालिका ६ घुमाउने घर भएका स्काभेटर चालक४५ वर्षीय रामबहादुर आले मगरको मृत्यु भएको हो। 
    बुधबार दिउँसो बा प्र ०६–००१ क ०१३१ नम्बरको स्काभेटरले बाटो खन्दै गर्दा ढुङगा खसेर लाग्दा मगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। 
    कालिका हाइड्रोपावरको ड्याम जानका लागि नयाँ ट्र्याक खोल्ने क्रममा अचानक माथिबाट ठूलो ढुंगा खसेर स्काभेटर र चालकलाई लागेको थियो। चालक आलेमगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend