२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

गुईठेभिरमा इको भ्यान दुर्घटनामा महिला चालकको मृत्यु

गुईठेभिरमा इको भ्यान दुर्घटनामा महिला चालकको मृत्यु

बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • म्याग्दी-शिव मन्दिर जाँदै गरेका यात्रुहरु चढेको भ्यान म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ को गुइठेभिरमा दुर्घटनाग्रस्त हुँदा महिला चालकको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रुहरू चढेको भ्यान सडकदेखि करिब एक सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेर दुर्घटनाग्रस्त बनेको हो । 
    बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरदेखि नारच्याङतर्फ जाँदै गरेको बा ६ च ४९४४ नम्बरको इकोभ्यान सडकबाट खस्दा भ्यान चालक अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता) को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
    सिमा प्रहरी चौकी भुरुङ्ग तातोपानीले दुर्घटनामा गम्भिर घाइते भएका ५० वर्षीया रुपा पुन, ४२ वर्षीया नमिता चोचाङ्गी र ५२ वर्षीया बिष्णुकुमारी बुढाथोकीलाई उद्दार गरेर उपचारका लागि पोखरा पठाइएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend