२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

रारा ताल किनारका होटेलमा आगलागी हुँदा चार भवन जलेर नष्ट

रारा ताल किनारका होटेलमा आगलागी हुँदा चार भवन जलेर नष्ट

बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • मुगु-रारा तालको किनारमा अवस्थित एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । 
    आगोबाट काठैकाठको संरचनाले बनेको ती भवनमा क्षति पुर्याएको जनाइएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए ।  
    आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जनाको प्रहरी टोली रारा पुगेको थियो ।
    जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्यासको सिलिन्डर पड्कदा अन्य तीनवटा भवनमा क्षति पुगेको थियो । 
    प्रहरी, सेना र सशस्त्र प्रहरीले होटेलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटेल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकि छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend