पोखरा- लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रीक्ट ३२५ एम नेपालको लायन बर्ष २०२५र२६ को लागि उम्मेदवार परिचय, नोमिनेसन तथा कार्यक्रम सम्पन्न भएको छ । नोमिनेशन कमिटी चियर पर्सन मल्टिपल कोअर्डिनेटर तथा पोखरा महानगर प्रमुख लायन धनराज आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी डिष्ट्रीक्ट गभर्नर चण्डी प्रसाद अर्याल थिए ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रीक्ट ३२५ एम नेपालको लायन बर्ष २०२५र२६ को डिष्ट्रीक्ट गभर्नर पदमा हालका प्रथम भाइस डिष्ट्रीक्ट गभर्नर लायन धनिराम बराल, प्रथम भाइस डिष्ट्रीक्ट गभर्नर पदमा लायन रत्न प्रसाद पराजुली र सेकेन्ड भाइस डिष्ट्रीक्ट गभर्नर पदमा लायन किशोर बरालले नोमिनेशन गरेका थिए । परिचय क्रमश लायन दिनबन्धु पौडेल, लायन उमेश श्रेष्ठ र लोकनाथ पौडेलले उनीहरुको परिचय दिएका थिए । कार्यक्रममा क्लबका अध्यक्ष हरुको तर्फबाट लायन लेख बहादुर के।सि, जोनररिजन चियर पर्सन हरुको तर्फबाट लायन सजना कोइराला, सिनियर क्याबिनेट अफिसर हरुको तर्फबाट लायन बिष्णु गौतम र टेक नारायण पौडेलले शुभकामना व्यक्त गरेका थिए ।
तेस्रो कन्भेन्सनका कन्भेनर लायन दामु अधिकारीले कन्भेन्सनको बारेमा जानकारी दिएका थिए भने पाष्ट डिष्ट्रीक्ट गभर्नर लायन महेन्द्र पौडेल, पाष्ट डिष्ट्रीक्ट गभर्नर लायन बिशेश्वर आचार्य, लायन भिमलाल पौड्याल, डिष्ट्रीक्ट ३२५ आइ का डिष्ट्रीक्ट गभर्नर लायन बिनोद ढुंगाना, डिष्ट्रीक्ट ३२५ जे का डिष्ट्रीक्ट गभर्नर लायन मिलन थापा लगाएतले नोमिनेशन गर्ने लायन लिडरहरुलाई हार्दिक बधाई तथा शुभकामना दिएका थिए ।
सबै डिष्ट्रीक्टको प्रतिनिधित्व रहेको कार्यक्रमको कार्यक्रम संचालन डिष्ट्रीक्ट कोअर्डिनेटर लायन जगन्नाथ तिमिल्सिनाले, स्वागत मन्तब्य लायन उमनाथ बरालले र धन्यवाद मन्तब्य लायन चुडामणी बरालले गरेका थिए ।