काठमाडौं-अध्यागमन कानुन उल्लंघन गरेर बसेका नेपालीहरुलाई मलेसियाले धरपकड गर्दै नेपाल फिर्ता पठाएको छ । मलेसियाको अध्यागमनले एकैपटक २६ जना नेपालीलाई साता मालिन्दो एयरलायन्सको विमानबाट नेपाल फर्काएको हो।
निष्कासनमा पर्नेमा सरदार, साह, राउत, श्रेष्ठ, कार्की, विक, सुडी, सहनी, बटार, राई, सहनी, शेर्पा, केसी थरी रहेका छन्। त्यस्तै घर्तीमगर, लोहार, सहनी, थारु, राना मगर, तामाङ, सदा, यादव, विश्वकर्मा, सहनी, राई, सरदार र बुढा थरीका व्यक्तिहरूलाई निष्कासन गरिएको परराष्ट्रका एक अधिकारीले बताए। डीपोर्ट हुनेहरूमा कसैको राहदानी नभएको त कोही गैरकानुनी तरिकाले लुकीछिपी बस्दै आएका रहेका छन । मलेसियाले यसअघि अध्यागमन कानुन उल्लंघन गर्ने ८ जना नेपालीलाई निष्कासन गरेको थियो। निष्कासनमा पर्नेमा तामाङ, कार्की, विक, कोइरी, कहर, विष्ट, यादव र केसी थरी एक-एक जना रहेका थिए।