२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

दलित परिवारको घरमा डोजर चलाएर थुनिएकालाई छाड्न जसपा नेपालको माग

दलित परिवारको घरमा डोजर चलाएर थुनिएकालाई छाड्न जसपा नेपालको माग

आइतवार, चैत्र ९ २०८१
आइतवार, चैत्र ९ २०८१
  • सिराहा-महायज्ञको वहानामा दलितको घरमा डोजर लगाएर उठिवास लगाएको आरोपमा पक्राउ परेकाहरुलाई जनता समाजवादी पार्टी नेपालले माग गरेको छ । जसपा नेपालले रिहा नगरे त्यसको गम्भिर परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएको छ ।  
    औरही गाउँपालिकामा महायज्ञ लगाउन भनेर दलितको घर भत्काएको आरोपमा पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादव लगायतलाई थुनामा राखेको छ । 
    आइतबार जसपा नेपालका सिराहा अध्यक्ष अशोककुमार यादवसहितका नेताहरूले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई  ज्ञापनपत्र बुझाउँदै पालिका अध्यक्षसहित प्रहरी नियन्त्रणमा रहेकाहरूलाई रिहा गर्न माग गरेका हुन्। पालिका अध्यक्ष यादव गत स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट निर्वाचित भएका थिए। 
    पार्टी अध्यक्ष यादवले प्रशासनले छलफलका लागि भनेर बोलाएर छलफल नगरी मानमर्दन हुनेगरी थुनुवामा राखेको वताएका छन । उनीहरूमाथि राजनीतिक प्रतिशोध लिइएको पनि अध्यक्ष यादवले बताएका छन्।
    ुनिर्वाचित पालिका अध्यक्ष शिवजी यादव लगायतका व्यक्तिहरूमाथि राजनीतिक प्रतिशोधका कारण कपोलकल्पित रूपमा छुवाछूतको मुद्दा लगाई प्रताडित गरी थुनामा राखेको हुँदा जनता समाजवादी पार्टी नेपाल, सिराहाको गम्भीर ध्याणाकर्षण भएको छ,ु ज्ञापन पत्रमा भनिएको छ।
    ुत्यस कारण म उक्त झूटा आरोपमा गा.पा.अध्यक्ष जस्तो मर्यादित व्यक्ति लगायत अरू व्यक्तिहरू र ती व्यक्तिहरूले चढिआएको मोटरसाइकल समेत भित्र राखेको हुँदा निज अध्यक्ष लगायत सम्पूर्ण गिरफ्तार गरिएका व्यक्तिहरूलाई अविलम्ब स-सम्मान थुनामुक्त गर्न जसपा नेपाल, सिराहा जोडदार माग गर्दछ,ु ज्ञापन पत्रमा भनिएको छ। 
    जसपा सिराहा अध्यक्ष यादवले आफ्नो मागको सुनुवाइ नभए आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्। 
    ुत्यसबाट उत्पन्न हुने विषम परिस्थिति र क्षतिको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सम्बन्धित सरोकारवालाहरू स्वयं नै हुने कुरा यसै ज्ञापनपत्रमार्फत् समेत जानकारी गराइन्छ,ु प्रजिअलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ।
    औरही(५ मा चैत १७ गतेदेखि विष्णु महायज्ञ लगाउन भनेर गाउँपालिका अध्यक्ष यादवले दीपक मल्लिक डोमको घर भत्काउन लगाएको आरोप छ।
    मल्लिकको परिवार बस्ने घर भत्काएपछि दलितले टेकेको माटोसमेत अपवित्र हुन्छ भनेर पालिका अध्यक्षकै निर्देशनमा त्यहाँको माटो ताछेर फालिएको आरोप पीडित परिवारको छ। घटनापछि शुक्रबार पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार पीडित दीपक मल्लिकले प्रहरीमा पालिका अध्यक्षसहित तीन जनाविरूद्ध जाहेरी दिएका छन्।

    थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप

    पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप भएको छ ।
    जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि आज सिरहा जिल्ला अदालतले पाँच दिन म्याद दिएको हो । शुक्रबार पक्राउ परेका दुवै जनालाई  जिल्ला अदालतबाट आवश्यक अनुसन्धानको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।
    यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गत फागुन १० गते अछुत भन्दै महायज्ञस्थलमा रहेको स्थानीय दीपक मल्लिकको घर भत्काइएको थियो । गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरङ्गी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो । घर भत्काएपछि उक्त घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि जातीय विभेद गरेको भन्दै विरोध भइरहेको छ ।  
    घटनामा संवेदनशील नभएको भन्दै गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई शुक्रबार नै मन्त्रालय तानिसकेको छ । यसैगरी राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगले घटनाको अनुसन्धान अगाडि बढाएका छन् । घटनामा सङ्लग्न बजरङ्गी बाबा भने फरार रहेकाले खोजी भइरहेको प्रहरी उपरीक्षक पण्डितले जानकारी दिए । 

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend