२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

पानी टयाङ्करले ठक्कर दिँदा दुई बालकको मृत्यु

पानी टयाङ्करले ठक्कर दिँदा दुई बालकको मृत्यु

आइतवार, चैत्र ९ २०८१
आइतवार, चैत्र ९ २०८१
  • नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका–२ स्थित बेतहानीमा आईतवार पानी टयाङ्करले ठक्कर दिँदा दुई बालकको मृत्यु भएको छ ।
    भे १ ख ४१०७ नं को पानी टयाङ्करले ठक्कर दिँदा स्थानीय बालक नौ वर्षीय शिउकुमार गोदिया र आठ वर्षीय विशाल गोदियाको मृत्यु भएको हो । 
    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लले घटनापछि आक्रोशित भएका स्थानीयले टयाङ्करमा आगजनी गर्दा गाडी पूर्ण रूपमा क्षति भएको बताए ।  आगजनी र तोडफोडका कारण उग्र बन्दै गएको स्थिति नियन्त्रणमा लिन प्रहरीले केहि राउण्ड अश्रग्याँस प्रहार गरेको थियो । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशिले स्थिति नियन्त्रण बाहिर रहेकाले केही राउण्ड हवाइ फायर गरेको वताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend