२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

रुसको ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणले युक्रेनको सुमीमा २१ जनाको मृत्यु, ८३ घाइते

रुसको ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणले युक्रेनको सुमीमा २१ जनाको मृत्यु, ८३ घाइते

सोमवार, बैशाख १ २०८२
सोमवार, बैशाख १ २०८२
  • युक्रेनको सुमी शहरको मध्यभागमा आइतबार भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको युक्रेनी आकस्मिक सेवाले जनाएको छ।
    “रुसी ब्यालेस्टिक क्षेप्यास्त्र शहरको मध्य क्षेत्रमा मानिसहरूको बाक्लो आवतजावत भइरहेको क्षेत्रमा प्रहार गरिएको थियो,” सेवाले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनिएको छ। “प्रारम्भिक तथ्याङ्कअनुसार अहिलेसम्म २१ जनाको मृत्यु भएको छ भने कम्तीमा २० जना घाइते भएका छन्,” उनले भने।
    आइतबार भएको आक्रमणमा परी घाइते हुनेको सङ्ख्या ८३ पुगेको किएभले जनाएको छ। “सात बालबालिकासहित ८३ जना घाइते भएका छन्,” गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उद्धार कार्य जारी छ।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend