भक्तपुर-भक्तपुरमा बिस्का जात्राको क्रममा रथले किचेर ३६ बर्षिय सुशिल तमखूको मृत्यु भएको छ । भैलखको रथ तान्ने क्रममा तमखूको ज्यानमाथि रथले किचेको प्रहरीले जनाएको छ ।
भक्तपुर नगरपालिका वडा नं ४ निवासी तमखू हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ८, सिपाडोल इटबू बस्दै आएका थिए ।
बिस्का जात्राको चौथो दिन आइतबार भेलुखेलस्थित योसिंखेलमा ५५ हात लामो लिङ्गो ठड्याउन भैरवनाथको रथलाई गाःहिटीबाट योसिंखेल लैजाने क्रममा तमखूलाई रथले किचेको थियो । तमखूको शरीरको बीच भागमा रथले किच्दा घटनास्थलमा नै मृत्यु भएको थियो ।