२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

भीरवाट स्काभेटर खस्दा चालकसहित दुईको मृत्यु

भीरवाट स्काभेटर खस्दा चालकसहित दुईको मृत्यु

सोमवार, बैशाख १ २०८२
सोमवार, बैशाख १ २०८२
  • हुम्ला- हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा गएराती स्काभेटर भीरवाट खस्दा चालकसहित दई जनाको मृत्यु भएको छ । विग्रिएको स्काभेटरलाई चलाउनेक्रममा चङ्खेली गाउँपालिका २ का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको
    प्रहरीले जनाएको छ । 
    स्काभेटर दुर्घटनानीहरुको श्रीमष्ठा प्राथमिक स्वास्थ्य चौकीमा उपचारकोक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए। 
    चङ्खेली गाउँपालिकाको–लोती भन्ने स्थान पिपलाङ्बाट मिमितर्फ जानेक्रममा  प्रदेश नम्बर २०३- ००१ क ९७५ को स्काभेटर पल्टिएर एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ।  
    चालक अर्जुन कामीले बिग्रेको स्काभेटरलाई चलाउने क्रममा एक्कासि सडकबाट करिब सय मिटर तल खसेको हो। दुवै शव प्रसुती गृह पिप्लाङमा राखिएको र पोस्टमार्टम जिल्ला अस्पताल वा बाजुराको कोल्टी लिने छलफल भई रहेको छ । सो दुर्घटना आइतबार बेलुका भएको हो । लोतीबाट मिमी जाने क्रममा एक्स्काभेटर पल्टिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend