२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

नसाको तालमा बहिनीको हत्या गर्ने दाजु पक्राउ

नसाको तालमा बहिनीको हत्या गर्ने दाजु पक्राउ

बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • नसाको तालमा बहिनीको हत्या गर्ने दाजु पक्राउ 
    काठमाडौँ सिमेन्टको पानी टंकीमा हालै मृत फेला परेकी ११ बर्षिया दुर्गा वोहराको हत्या उनकै १५ बर्षिय दाजुले गरेको खुलासा भएको छ । लागूऔषध सेवनकर्ता ती किशोरले नसाको तालमा हत्या गरेको प्रहरी समक्ष बताएका छन । अभियुक्त किशोरलाई प्रहरीले पक्राउ गरेको छ । 
    गत शुक्रबार ललितपुरको खपिन्छेँ टोलस्थित बाबुराजा अवालेको पुरानो घरको भुइँ तलामा रहेको पानी ट्याङ्कीमा सडेगलेको अवस्थामा ११ वर्षीया दुर्गा बोहराको शव फेला परेको थियो ।
    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले दुर्गाको हत्या गरेको आरोपमा प्रहरीले उनकै दाजुलाई पक्राउ गरेको जानकारी दिए । 
    पिआरसिबी ललितपुरको प्रहरी टोलीले जिल्ला प्रहरी परिसर ललितपुर समेतको सहयोगमा विभिन्न विधी र प्रविधिको प्रहरी गरी अनुसन्धान गर्ने क्रममा सो घटनामा मृतककै कान्छो दाईले हत्या गरेको खुल्न आएको उनको भनाइ छ ।
    ललितपुर महानगरपालिका–१२ मङ्गलबजारबाट मृकका दाइलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरी उपरीक्षक जिसीले जानकारी दिए । 
    गत चैत २९ गते खपिन्छेँ टोलको घरको भुँइ तलामा रहेको प्रयोगविहीन सिमेन्टको ट्याङ्कीभित्र दुर्गाको शव फेला परेको थियो ।
    अनुसन्धान गर्ने प्रहरी अधिकृतका अनुसार घटना चैत ४ गते भएको देखिन्छ ।
    दाजुबहिनीले लागु औषधको ट्याबलेट खाएको थियो र त्यसको नशामा आफू भएकाले त्यस्तो घटना हुन गएको दाजुले प्रहरीसमक्ष बताएका थिए । बझाङ स्थायी घर भएको बोहरा परिवार च्यासलको एक घरमा भाडामा बस्दै आएको थियो ।
    च्यासलस्थित श्रमिक शान्ति स्कुलमा पढ्दै आएकी दुर्गा चैत ४ गतेदेखि परिवारको सम्पर्कबाट छुटेकी थिइन् । उनका बुवाले चैत ४ गते नै दुर्गा हराएको निवेदन प्रहरी प्रभाग मंगलबजारमा दिएका थिए ।
    प्रहरीका अनुसार, दुर्गाका दाइले घाँटीमा डोरीले कसेर उनको हत्या गरेका थिए । हत्यापछि उनले घरको बाथरुमनजिक बनाइएको पानी ट्यांकीभित्र शव फालेर माथिबाट कपडाले छपेका थिए ।

    यसरी भेटिएको थियो शव
    चैत ४ गतेदेखि नै हराएकी दुर्गाको शव झन्डै एक महिनापछि मात्रै फेला परेको हो । दुर्गाको हत्या हुनु एक हप्ताअघि मात्रै दुर्गाको परिवार च्यासलबाट अर्को ठाउँ सरेको थियो । दुर्गाको परिवार बस्दै आएको च्यासलको घरमा हेटौँडाका सञ्जय बोगटीको परिवार सर्‍यो । भुइँतलामै रहेको कोठानजिकै थियो, बाथरुम ।तर, बाथरुम दुर्गन्धित थियो । सुरुमा सञ्जयको परिवारले फोहोर भएर बाथरुम गन्हाएको ठान्यो । उनीहरू बाथरुम र नजिकै रहेको ट्यांकी सफा गर्न पुगे । तर, ट्यांकी सफा गर्ने बेला ट्यांकीभित्र मानिसको खुट्टाजस्तो देखिएपछि उनीहरू झस्किए । तुरुन्तै घरबेटीलाई खबर गरे ।घरबेटीले तत्कालै प्रहरीलाई जानकारी गराएपछि प्रहरीले शव निकालेको थियो । शव दुर्गाको भएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।शव भेटिएको चार दिनपछि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली र जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले दुर्गाको हत्याका आरोपितलाई पक्राउ गर्न सफल भएको हो ।

    पक्राउ परेका दाइमाथि प्रहरीले सुरुदेखि नै आशंका गरेको थियो । तर, उनले निरन्तररूपमा हत्या अस्वीकार गरे । तर, उनकै भूमिका थप शंकास्पद लागेपछि प्रहरीले सोधपुछ गर्दा उनले सोमबार हत्या स्वीकार गरेका हुन् ।प्रहरीका अनुसार, कोठा सरेको दुई दिनपछि लुगा छुट्यो भन्दै पुरानो डेरा पुगेका दाजुबहिनीले लागुऔषधसमेत सेवन गरेको खुलेको छ । सोही विषयमा विवाद हुँदा दाजुले बहिनीको हत्या गरेका हुन् ।उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जीसीले हत्या उनकै दाइले गरेको स्वीकार गरेको बताए । पक्राउ परेका युवामाथि अनुसन्धान सुरु भएको छ ।मंगलबार प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत पेस गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend