२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

कान्छो आरोही किप्पा सम्मानित

कान्छो आरोही किप्पा सम्मानित

बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • संखुवासभा- विश्वको पाँचौ अल्लो मकालु शिखर मकालु हिमालको कान्छो आरोही सम्मानित हुनु भएको छ । संखुवासभाको मकालु गाउँपालिका(२ नुर्व गाँउकी २८ बर्षीया किप्पा लामु शेर्पालाई सम्मान गरेको छ ।
    सदरमुकाम खाँदबारीमा एक कार्यक्रमका बीच मकालु-२ नुर्व गाँउकी २८ बर्षीया लामु शेर्पालाई मकालु गाउँपालिका वडा नम्बर २ ले सम्मान गरेको हो ।
    विश्वको पाँचौ अल्लो मकालु शिखर मकालु हिमाल आरोहण गर्ने कान्छो आरोही नुर्व गाँउकी २८ बर्षीया लामु शेर्पालाई सम्मान गरिएको मकालु –२ का वडाध्यक्ष छोपाल शेर्पाले बताउनुभयो ।
    शेर्पाले ८ हजार ४ सय ८५ मिटर उचाईको विश्वको पाँचौ अग्लो मकालु हिमाल अप्रिल १० अर्थात चैत २८ गते १० बजेर १० मिनेटमा सफ आरोहण गर्नु भएको थियो ।
    शर्पाले मकालु हिमालको बाटो बनाउने क्रममा नौ जनाको टोलीसहित सफल आरोहण गर्नु भएको थियो । २०५३ साल माघ १५ गते नुर्व गाँउमा जन्मनु भएकी शेर्पाको श्रीमान र चार दाजुभाई समेत आरोही हुन् ।
    उहाँहरुको विश्वको सर्बोच्च शिखर सगरमाथा लगायत विभिन्न हिमाल सफल रुपमा आरोहण गरिसकेको कारण आफूलाई प्रेरणा मिलेको बताउनुभयो ।
    एक बर्ष अघि ४५ दिन मकालु आधार शिविरमा बसेको अनुभव संगालेपछि यो पटक मकालु आरोहण गर्न सफल भएको शेर्पाले बताउनुभयो । शेर्पाको मकालु हिमाल आरोहण खर्चको ब्यवस्थापन सेभेन सवमिट ट्रेक्सले गरेको छ । मकालु गाउँपालिकामा दुई दर्जन बढी आरोही रहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend