२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा

नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा

बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौं - नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेहरु शेखर–गगन पक्षका हुन् ।
    राजीनामा दिनेहरुमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा। अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा। सिता घिमिरे, तारा थपलिया छन् ।
    यसैगरी नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गिता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वची आचार्यले पनि राजीनामा दिएका छन् ।
    उनीहरुले अध्यक्ष उषा राउत मिश्रले पारदर्शीरुपमा संगठन चलाउन नसकेको र समस्या समाधानमा पहल नगरेको आरोप लगाएका छन् ।
    महिला संघले विधान बमोजिम कुनै पनि कार्यक्रम अघि बढाउन नसकेको र संगठनको ओरालो यात्रालाई टुलुटुलु हरेर बस्न उपयुक्त नभएको भन्दै केन्द्रीय सदस्यहरुले राजीनामा दिएका हुन् ।
    राजीनामा पत्रमा लेखिएको छ, ‘तमाम विषयहरुमा अध्यक्षज्यूले कुनै सुनुवाई र पहल नगरेका कारण अरु पार्टीको अशक्त भ्रातृसंस्थाको साख र यसको संगठन क्रमशः ओरालो लाग्दै गएको दुःखद अवस्थालाई टुलुटुलु हेरेर बस्न उपयुक्त नलागेको कारण पार्टी र नेपाल महिलासंघको सुदूर उज्ज्वल भविष्यका निमित्त नेपाल महिला संघको केन्द्रीय सदस्य पदबाट सामूहिक राजीनामा दिएका छौं ।’
    पछिल्लो समय बागलुङमा निर्वाचित र कृयाशील अध्यक्ष शकुन्तला शर्मालाई ‘रिक्त’ भन्दै अवैधानिक र अपमानित ढंगले हटाएपछि शेखर–गगन पक्ष थप असन्तुष्ट थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend