२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

मुस्ताङमा फेरि हिमपहिरो

मुस्ताङमा फेरि हिमपहिरो

मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • मुस्ताङ - हिमाल पारिको जिल्ला मुस्ताङमा फेरि हिमपहिरो गएको छ । जिल्लाको थासाङ गाउँपालिका–२,बोक्सीखोला माथिको लेकमा पुनः हिमपहिरो गएको हो । प्रत्यक्षदर्शी कुमार अनुरागीका अनुसार मङ्गलबार साँझ करिब ६ बजेको समयमा हिमपहिरो गएको हो । थासाङको बोक्सी खोला माथि छिप्लुङ लेंक हुँदै धौलागिरि हिमालको फेंदबाट खसेको जनाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले पहिले खसेको पहिरोको केही थुप्रो खसेको वताए । यसअघि भदौ ६ गते दिउँसो थासाङको बोक्सी खोला माथि लेकमा हिमालको फेदबाट हिमपहिरो खसेको थियो । पछिल्लो हिमपहिरोको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।  
     ‘‘अस्ति खसेको पहिरोको थुप्रो केही तल खसेको भन्ने छ । रातको समय भएकाले नयाँ होकी पुरानो थुप्रो खसेको भन्ने जानकारी पाउन मुस्किल भएको छ । यद्यपि पहिरोले बस्तीमा जोखिम छैन,’’ प्रनाउ पाण्डेयले भने ,‘‘रातको समयमा भएकोले स्थानीय बासीलाई नजिकै सुरक्षित स्थानमा जान आग्रह गरेका छौं ।’’ 

    धौलागिरी फेदबाट यसअघि खसेको पहिरोमा फेरि हिमपहिरो खसेको गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिए ।  ‘‘ अस्ति खसेको ठाउँमा फेरि पहिरो खसेको भए पनि अहिले ठुलो जोखिम नरहेको  खबर छ । रातको समय भएकाले ८–९ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend