२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

नयाँ बर्षमा पिकनिक खान जाँदा नारायणी डुवेर वेपत्ता दुई  किशोरको शव फेला

नयाँ बर्षमा पिकनिक खान जाँदा नारायणी डुवेर वेपत्ता दुई  किशोरको शव फेला

बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • नवलपुर-नयाँ बर्षमा पिकनिक खान जाँदा नारायणी नदीमा पौड्दा डुबेर बेपत्ता भएका दुई किशोरको शव विहीवार फेला परेको छ । वैशाख २ गते मंगलबारदेखि नदीमा डुबेर बेपत्ता भएका मध्यविन्दु नगरपालिका–१२ का १४ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेलको शव घटनास्थलदेखि तीन किलोमिटर पश्चिम नारायणी नदीमा फेला परेको हो । प्रज्वल र विजय दाजुभाईका छोरा थिए । प्रज्वलको शव बुधबार फेला परेको थियो भने विजय पौडेलको शव विहीवार फेला परेको नवलपुर प्रहरीले जनाएको छ। 
    पाँच जना साथीसँग नारायणी तथा अरुणखोलाको संगमस्थल उल्टी दोभानमा नयाँ वर्षको अबसरमा उनीहरु ड्राइ पिकनिक खान गएका थिए । त्यहीक्रममा नारायणी नदीमा पौडी खेल्दा दुवै डुवेर वेपत्ता भएका थिए । दुबैको शव मुचुल्का पश्चात पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको प्रहरीले जनाएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend