२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटा घुस्याहा ठहर

प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटा घुस्याहा ठहर

शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • काठमाडौँ-विशेष अदालतले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । 
    न्यायाधीशत्रय रामबहादुर थापा, मुरारीबाबू श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सापकोटालाई दोषी ठहर गर्दै २ महिना १५ दिन कैद र ५० हजार बिगो जरिवानाको सजाय कायम गरेको हो । 
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस २५ मा सापकोटा जिल्ला नुवाकोट, किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत रहँदा विशेषमा अभियोग पत्र दायर गरेको थियो । 
    मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहँदा खरिद कार्यमा अनियमितता गरेको उजुरीको आधारमा अख्तियारले छानबिन सुरु गरेको थियो । त्यसैक्रममा अनुसन्धानलाई प्रभावमा पारी अनुसन्धान टुङ्ग्याउन एक लाख रुपैयाँ घुससहित बुझाउने बहानामा अनुसन्धान अधिकृतको कार्यकक्षमा गइ रकम दिँदादिँदै सापकोटा पक्राउ परेका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend