२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

विद्युतीय गाडी सडकवाट खस्दा दुई महिलाको मृत्यु

विद्युतीय गाडी सडकवाट खस्दा दुई महिलाको मृत्यु

शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • मकवानपुर-काठमाडौंवाट हेटौंडा जाँदै गरेको बा.प्र ०१ ००६ ख ७०७२ नम्बरको विद्युतीय गाडी सडकवाट खस्दा दुई महिला यात्रुको मृत्यु भएको छ । शुक्रबार बिहान मकवानपुरको मकवानपुरगढी गाउँपालिका २ धरमपानीस्थित कान्ती लोकपथमा भएको गाडी दुर्घटनामा रौतहटको दुर्गा भवानी गाउँपालिका ५ कि ५० वर्षीया निलमदेवी राउत र सर्लाहीको बागमती गाउँपालिका  ७ कि १३ वर्षीया मानुसी मगरको मृत्यु भएको हो । 
    मकवानपुर प्रहरीका अनुसार बिहान १ बजे उक्त गाडी सडकबाट झन्डै २ सय मिटर तल खसेको थियो।
    दुर्घटनामा ११ जना मध्यम र २ जना घाइते भएका छन्।
    घाइतेहरुको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गाडीमा चालकसहित १६ जना सवार थिए। 
    चालक सर्लाहीको बागमती गाउँपालिका(५ का २९ वर्षीया कमल बहादुर दर्लामी टाउकोमा चोट लागेको छ। उनको पनि हेटौडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend