२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

आगोमा जलेर दिदीभाई घाईते

आगोमा जलेर दिदीभाई घाईते

शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • काभ्रे-रोशी गाउँपालिका-१० पाखाटोलका कुमार रेग्मी मगरको घरमा आगलागी हुँदा दुई जना बालबालिका घाइते भएका छन् । बिहीबार दिउँसो लागेको आगलागी परेर रेग्मीकी ९ वर्षकी छोरी समीक्षा र ६ वर्षका छोरा सक्षम घाइते भएका हुन् ।
    बाबुआमा बारीमा काम गर्दै गर्न गएको बेला आगो बालेर ताप्ने क्रममा घरमा आगलागी भएको थियो ।घाइतेहरुलाई तत्कालै उद्दार गरी उपचारको लागि अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । उनीहरुको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको छ ।
    स्थानीय, इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीको सहयोगमा आगलागी नियन्त्रण लिएर घाइतेहरुको उद्धार गरी अस्पताल पठाइएको हो ।
    आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend