२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

दिल्लीमा भवन भत्किँदा ११ जनाको मृत्यु

दिल्लीमा भवन भत्किँदा ११ जनाको मृत्यु

आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • दिल्ली-मुस्तफावाद क्षेत्रमा चारतले भवन भत्किँदा एकै परिवारका ८ सदस्यसहित ११ जनाको मृत्यु भएको छ। 
    भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान २स्३० बजे चारतले भवन भत्किँदा ११ जना घाइते पनि भएका छन्।
    भवनको भग्नावशेषमा २२ जना फसेका थिए। एनडीआरएफ र दिल्ली प्रहरी टोलीले १२ घण्टाभन्दा बढी समय लगाएर उद्धार गरेको थियो। 
    भारी वर्षा र आँधीबेहरीका कारण भवन भत्किएको बताइएको छ। यसैबीच मुस्तफावादका विधायक मोहन सिंह विष्टले यस क्षेत्रमा धेरै अवैध र जीर्ण भवनहरू रहेको बताए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend