२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

डोटीमा मिनिट्रक दुर्घटना , तीन जनाको मृत्यु

डोटीमा मिनिट्रक दुर्घटना , तीन जनाको मृत्यु

बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • डोटी - डोटीमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जोरायल गाउँपालिका-१ गोल्डेनस्थित भीमदत्त राजमार्गमा मिनिट्रक दुर्घटना हुँदा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका-२, दहबगरका अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी बिनोद शर्माले जानकारी दिए।
    उनका अनुसार अन्य दुई जनाको भने परिचय खुल्न सकेको छैन। बुधवार बिहान ६ बजे धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प ०१-००१ ख ३४२८ नम्बरको खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।
    शवहरू ट्रक र सामानले च्यापिएका कारण अहिलेसम्म शवहरू निकाल्न सकिएको छैन। ुमानिसले निकाल्न सक्ने अवस्था भएन, त्यसकारण डोजर लगाएर शव निकाल्ने तयारी भइरहेको छ,ु उनले भने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend