पोखरा- पत्रकार देवेन्द्र बास्तोलाको मोटरसाईकल दुर्घटनामा परी निधन भएको छ ।शनिबार लेखनाथ तालवेंसीमा आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा ४६ वर्षीय बास्तोलाको निधन भएको हो ।
पोखरामा रहेर विभिन्न सञ्चारमाध्यममा कार्य गरेका उनी विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध थिए । पछिल्लो समय पोखरा–५ मा रहेको रेडियो सार्थकमा उनले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेका थिए ।रेडियो सार्थकका सञ्चालक एवम् पत्रकार तीर्थ खत्रीले बास्तोलाको असामयिक निधनले पत्रकारितादेखि विभिन्न सामाजिक क्षेत्रहरुमा अपूरणीय क्षति भएको बताए ।
पोखरा न्यूरोडको पिपल्स बचत तथा ऋण सहकारी संस्थामा सचिवमा कार्यरत उनले मणिपाल शिक्षण अस्पतालमा पनि काम गरेका थिए । उनका आमा, श्रीमती र एक छोरा छन् ।