काठमाडौं - नेपालमा भ्रष्टाचारको जालो केलाउने हो भने सरकारी अडडामा कार्यरत ईन्जिनियर र प्राविधिकहरु रकम असुलिमा अग्रभागमा देखिएका छन । सरकारी योजनाहरु छनौट गर्दा होस वा निर्माण पुरा भएर भुक्तानी गर्ने बेलामा ईन्जिनियर र प्राविधिकहरुलाई मोटो रकम नबुझाएसम्म काम अघि बढ्ने छाटकाँट देखिदैन । घुस लेनदेनको यस्ता घटनाहरु सानादेखि ठुला योजनाहरुसम्म भइरहे पनि घुस दिनेले बाहिर भन्यो भने काम नबन्ला भन्ने त्रासले गर्दा त्यसको भण्डाफोर गर्न सक्दैन । राज्यको तलब भत्ता खाएर नअघाएका लोभि भ्रष्टाचारीहरुले त मैले यति रकम खाए भनेर भन्ने कुरा नै आएन । जसले गर्दा यस्ता भ्रष्टाचारका काण्डहरु त्यति सार्वजनिक हुदैनन । कहिले काहि एकाध घटनाहरु सार्वजनिक हुने गर्दछन ।
छिटपुट सार्वजनिक यस्ता घटनाहरुमध्ये ओखलढुंगामा कार्यरत ईन्जिनियर सन्तोषकुमार यादव पाँच लाख ७० हजार घुस रकमसहित पक्राउ परेका छन । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुंगाका इन्जिनियर यादवले निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस लिएको बेला बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले भक्तपुर मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीबाट पक्राउ गरेको थियो ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस, रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा यादवलाई सेवाग्राहीबाट पाँच लाख ७० हजार रुपियाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको वताए ।
अख्तियारको टोलीले यादवलाई घुस रकमसहित भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीबाट नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले वताए ।