२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

शनिवार, जेठ ४ २०८२
शनिवार, जेठ ४ २०८२
  • काठमाडौँ - राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र डेढ महिनापछि सर्वोच्च अदालतको आदेशले थुनामुक्त भएका छन । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनालाई लिएर गत चैत्र १५ गते पक्राउ परेका मिश्रलाई न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले हाजिरी जमानीमा थुनामुक्त गर्न आदेश दिएको हो ।

    आदेशमा भनिएको छ, “हालसम्मको अनुसन्धान तहकिकातको अवस्थालाई हेर्दा निज निवेदकसँग सम्बन्धित अधिकांश प्रमाण सङ्कलन सम्पन्न भइसकेको, थप प्रमाण सङ्कलन गर्नुपर्ने भए सो बमोजिम सङ्कलन गर्न पनि नसकिने अवस्था नरहेको तर, निजलाई हिरासतमै राख्नुपर्ने सम्मको अवस्था नदेखिँदा पछि मुद्दा चल्ने अवस्था आएमा वा थप प्रमाण बुझ्नुपर्ने भएमा जिल्ला प्रहरी कार्यालयले खोजी गरेका बखत उपस्थित गराउने गरी निजका कानुन व्यवसायीको जिम्मा लगाई तत्काल थुनाबाट मुक्त गरी दिनु।” 
    राप्रपा नेता मिश्रलाई गत चैत १५ गते पक्राउ गरिएको थियो। प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गर्न हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँबाट पटक पटक अनुमति लिएको थियो। मिश्रलाई अनुसन्धानकै लागि हालसम्म हिरासतमा राखिएको थियो।
    जिल्ला अदालतबाट गत वैशाख १० मा हिरासतमा राख्न अनुमति दिँदा नै निजबाट सङ्कलन गर्नुपर्ने प्रमाणहरु सङ्कलन भइसकेको अवस्था देखाइ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानीमा थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश गरेको हो।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend