२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

तरुण दल लमजुङको अधिबेशनमा दुई गुटवीच कुटाकुट

खुकुरी र तरवार प्रहारवाट चार जना घाईते

खुकुरी र तरवार प्रहारवाट चार जना घाईते

घाइते किशोरजङ्ग बस्नेतले जिल्ला सभापति डा. टकराज गुरुङ, जिल्ला सचिव कृष्णबहादुर अधिकारी र पूर्वक्षेत्रीय सभापति बृषराज गुरुङले हतियार प्रयोग गर्न उक्साएको आरोप लगाएका छन ।

आइतवार, जेठ ५ २०८२
आइतवार, जेठ ५ २०८२

  • लमजुङ- नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दल लमजुङको पाँचौ जिल्ला अधिवेशनमा दुई गुटवीच खुकुरी र तरबार हानाहान हुँदा चार जना घाईते भएका छन ।
    अधिबेशनको उद्घाटनकोक्रममा संस्थापन पक्ष र अर्को पक्षवीच प्रतिनिधि छनौटको विषयमा विवाद हुँदा खुकुरी हाना हान भएको हो । घटनामा घाईते भएका मध्ये गम्भिर दुई जनालाई थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको छ । सामान्य दुई घाईते भने सामान्य उपचार गरेर घर फर्किएका छन । 
    जिल्ला सदरमुकाम बेसीशहरमा आयोजना गरिएको तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा एक पक्षबाट अर्को पक्षलाई खुकुरी प्रहार भएको हो । तरुण दलको संस्थापन पक्षका र इतर पक्षका तरुणहरू माथि खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शी सहभागीहरूले बताएका छन् ।
    घाइते हुनेमा बेसीशहर नगरपालिका– ९ का वडाध्यक्ष एंव तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेसका जिल्ला सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदिप अधिकारी र नेपाल तरुण दलका सदस्य शंंकर सापकोटा रहेका छन । घाइते किशोरजङ्ग बस्नेतले जिल्ला सभापति डा. टकराज गुरुङ, जिल्ला सचिव कृष्णबहादुर अधिकारी र पूर्वक्षेत्रीय सभापति बृषराज गुरुङले हतियार प्रयोग गर्न उक्साएको आरोप लगाएका छन । 
    ‘राजनीति आफ्नो ठाउँमा छ प्रहरीले खुकुरी र तरबार खोजेको छ, तिनलाई कारवाही भएन भने राम्रो हुँदैन, प्रशासनप्रति पनि हाम्रो आपत्ति रहनेछ’ बस्नेतले भने, ‘हामी त बेसीशहरकै बासिन्दा हौ, भोलिका दिनमा अन्य कोही काँग्रेस कुटियो भने त्यतिबेला हामीलाई पनि गिरफ्तार गर्न पाइन्न ।’
    घाइतेमध्ये टाउकोमा गम्भिर चोट लागेका नेविसंघका केन्द्रीय सदस्य अधिकारी र वडाध्यक्ष खुशीजङ गुरुङलाई यहाँ स्थित प्रदेश अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको हो ।  घाइते बस्नेत र सापकोटा उपचार पछि घर फर्किएका छन । 
    नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ र कांग्रेसका पूर्व जिल्लासभापति समेत रहेका गण्डकी प्रदेशका वनमन्त्री भेषबहादुर पौडेलका बीचमा पहिलेदेखिनै गुटबन्दी चलिरहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend