पोखरा- लमजुङबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस रुपा गाउँपालिका १ पार्चेमा दुर्घटनाग्रस्त हुँदा १८ यात्रु घाइते भएका छन् । ग १ ख ४१०१ नम्बरको बस शुक्रबार दिउँसो पार्चेमा आईपुग्दा ब्रेक फेल भएर दुर्घटना हुँदा घाईते भएका मध्ये तीन जनाको अबस्था गम्भिर छ ।
घटनापछि लमजुङको भोर्लेटारस्थित ईलाका प्रहरी कार्यालयको टोलीले घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि पोखरा पठाएको थियो । बस दुर्घटनामा घाईते हुनेहरुमा मध्येनेपाल ७, रामबजारकी ६२ बर्षिया राधिका घिमिरे, ८२ बर्षिया मेनुकादेवी घिमिरे, ५९ बर्षिया शोमा थापा, ५४ बर्षिया लक्ष्मीकुमारी गुरुङ, ४५ बर्षिया सरस्वती केसी, ८३ बर्षिया जमुनादेवी घिमिरे र ४२ बर्षिया सरिता घिमिरे रहेका प्रहरीले जनाएको छ ।
घटनामा ५६ बर्षिया सावित्रा घिमिरे, ४२ बर्षिया रिता घिमिरे, ४१ बर्षिया पार्वती घिमिरे, ४८ बर्षिया सिजा थापा, ७५ बर्षिया चन्द्रवहादुर केसी, ७१ बर्षिया नेत्रबहादुर केसी र ३० बर्षिया लिला केसी, ३७ बर्षिया शान्ति केसी, ६३ बर्षिया हरिकृष्ण घिमिरे, ४८ बर्षिया कमलादेवि घिमिरे र ५५ बर्षिया मैया कुँवर पनि घाईते भएका छन ।
प्रहरी दुर्घटनामा घाईते भएका बसका ३४ बर्षिया चालक सन्तोष लामालाई पनि नियन्त्रणमा लिएको छ ।