२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

अमेरिकाको टेक्ससमा गोली हानेर नेपाली छात्राको हत्या

अमेरिकाको टेक्ससमा गोली हानेर नेपाली छात्राको हत्या

बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • टेक्सास - अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा भोजपुर घर भएकी २१ वर्षीया नेपाली छात्रा मुना पाण्डेलाई गोली हानेर हत्या गरिएको छ । ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा पाण्डेलाइ छातीमा गोली हानिएको प्रहरीले जनाएको छ । मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् ।
    अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो । त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो ।
    मुनाका साथीहरुका अनुसार उनको फोन दुई दिनदेखि स्वीच्डअफ थियो । तर उनको फोन भने फेला परेको छैन ।
    टेक्सासको ह्युष्टनमा गोली लागेको अवस्थामा मृत भेटिएकी नेपाली विद्यार्थी मुना पाण्डेलाई एकल महिला अनिता पाण्डे अधिकारीले निकै संघर्ष गरेर हुर्काएकी थिइन् । पारिवारिक श्रोतका अनुशार  श्रीमानबाट अपहेलित भएपछि एक्लै बसेर छोरीलाई हुर्काएकी अनिताले आफै काम गरेर निकै संघर्ष गरेर हुर्काएकी थिइन् । ५ बर्षदेखि एक्लै बसेर अनिताले मुनालाई हुर्काएकोमा २०२१ मा मुना स्नातक अध्ययनका लागि अमेरिका आएकी थिइन् ।

    पारिवारिक श्रोतका अनुशार मुना सुरुमा नेपालबाट गएको साथीसँग बस्दै आएपनि पछि अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् । मुनाको एकजना श्वेत अमेरिकनसँग प्रेमसम्बन्ध रहेको पारिवारिक श्रोतले पुष्टी गरेको छ । मुनाले प्रेमीसँग घुम्न गएका फोटो र भिडियोपनि आमा अनितालाई पठाउने गरेको तर बीचमा भने उनीहरुबीच सम्बन्ध त्यती राम्रो नभएको समेत मुनाले आमालाई बताएको जनाइएको छ ।

    आमा अनिताले हत्यारा पत्ता लगाउन आग्रह गरेकी छिन् भने मुनाको न्यायका लागि सघाउन अमेरिकामा रहेका नेपालीहरुलाई अनुरोध समेत गरेकी छिन् । ४ दिनदेखि मोबाइल अफ रहेको र पहिले पनि बेलाबेलामा अफलाइन हुने गरेकाले कतै घुम्न गएको होला भन्ने ठानेको तर अहिले दुखद खबर सुन्नुपरेको उनको भनाई छ ।

    नेपालको भोजपुरकी मुना ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत थिइन् । उनी ३ बर्ष अगाडि सन् २०२१ मा अध्ययनका लागि अमेरिका आएको र उनकी काठमाडौंमा रहेकी आमा अनिता पाण्डे अधिकारीलाई घटनाबारे जानकारी दिइसकिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले जानकारी दिए । उनले भने – ‘मुनालाई एकल आमाले दुख गरेर हुर्काउनुभएको रहेछ ।’

    मुनाको सामाजिक सञ्जाल अनुशार उनी गत जनवरीमा २१ बर्ष पुगेकी थिइन् । उक्त दिन उनले आफ्नो कभरफोटो समेत अपडेट गरेकी थिइन् ।

    मुना पाण्डे सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको ह्युष्टन प्रहरीले  जानकारी दिएको छ ।

    घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली वेष्ट एयरपोर्ट ब्लुभार्डमा रहेको घटनास्थलमा पुगेको र त्यहाँ पुग्दा २१ बर्षकी महिला मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । अहिलेसम्म घटनामा कोहीपनि संदिग्ध फेला नपरेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । गोली लागेको अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि पठाइएको र अहिलेसम्म घटनासँग सम्बन्धित कसैलाई पक्राउ नगरिएको प्रहरीको भनाई छ ।

    यसैबीच ह्युस्टन प्रहरीले विज्ञप्ती जारी गर्दै गस्ती अधिकारीहरूले पीडितलाई अपार्टमेन्ट भित्र धेरैवटा बन्दुकको गोली लागेको भेट्टाएको बताएको छ । प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अपार्टमेन्ट कम्प्लेक्सका कर्मचारीहरूले ९११ मा कल गर्नु अघि उनीहरूलाई अपार्टमेन्ट भित्रको शवको बारेमा अज्ञात कल प्राप्त भएको प्रहरीलाई बताएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend