२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा

मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा

बुधवार, आषाढ ४ २०८२
बुधवार, आषाढ ४ २०८२
  • काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ। 
    काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको आरोपमा तीनवटा कसुरमा प्रतिवादी बनाइएका मिश्र मंगलबार आफैँ अदालतमा हाजिर भएका थिए।
    बयानपछि मंगलबार नै थुनछेक आदेश गर्दै जिल्ला न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीसँग तीन लाख रुपैयाँ धरौटी माग गर्न आदेश दिएको हो। मिश्रले नेपालको न्यायप्रणालीमा विश्वास बढेको बताएका छन्। राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मंगलबार तीन लाख धरौटीमा रिहा भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। 
    मिश्रले अदालत परिसरमै सञ्चारकर्मीसँग भने, ‘राज्यले अन्याय गर्दाखेरि पनि अहिलेको परिस्थितिमा अदालत न्याय दिन सक्षम रहेछ। अदालतले आफ्नो विवेक प्रयोग गर्ने ठाउँमा विवेक प्रयोग गर्दो रहेछ। नेपालको न्यायलयमाथि एकदम दृढ विश्वास बढेको छ।’
    उनले थपे, ‘हामीलाई राज्यले जुन किसिमको आरोप लगायो। दोषि करार गर्नका लागि जसरी राज्य पक्षबाट आरोपहरू लगाइयो, त्यो दुखदायी थियो। अदालतले न्याय दिएकोमा खुसी छु। यो मुद्दाको बारेमा बढी टिप्पणी नगरौँ। हामी असाध्यै खुसी छौँ।’
    मिश्र अदलातबाट निस्कँदा राप्रपा महामन्त्री धवलशमशेर राणा पनि सँगै थिए। उनी पनि यही मुद्दामा सोमबार मात्रै तीन लाख धरौटी बुझाएर रिहा भएका थिए। 
    यसअघि राप्रपा महामन्त्री धवलशमशेर राणा पनि तीन लाख धरौटीमै रिहा भएका थिए। मिश्र र राणासहित ५० जनालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दायर गरिएको थियो।
    कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा समेत प्रतिवादी बनाइएका दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। अरु धरौटीमा रिहा भएका छन्। मिश्र र राणाबाहेकलाई १० हजारदेखि एक लाख रुपैयाँसम्म धरौटी माग गरिएको थियो। 
    यसअघि अनुसन्धानको क्रममा मिश्रलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो। सर्वोच्चबाट बन्दीप्रत्येक्षीकरणको निवेदन दिएर रिहा भएका मिश्र अरुको थुनछेकपछि मात्रै अदालतमा उपस्थित भएका हुन्। 
    चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा मिश्र पनि सहभागी थिए। यो घटनामा ४ नाबालकसहित ६५ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend