२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

टहरामा सुतिरहेका दिदी वहिनी मृत फेला

टहरामा सुतिरहेका दिदी वहिनी मृत फेला

शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • सुर्खेत-टहरामा सुतिरहेका दुई दिदी वहिनी मृत अबस्थामा फेला परेका छन । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली मृत भेटिएका हुन । गएराति नौ बजेतिर भीरमाथिबाट खसेको ढुंगा लागेर टहरामा सुतिरहेका दिदी वहिनीको घटनास्थलमै मृत्यु भएको कुशे गाउँपालिका वडा नं ३ का वडाध्यक्ष वीरवहादुर बुढाले जानकारी दिए । मृतक दिदीवहिनी स्थानीय नरवहादुर वुढाका छोरीहरु हुन । उनीहरु बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि बनाईएको अस्थायी टहरामा सुतिरहेका थिए । प्रहरीसमेत घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend