२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

उपभोक्ता अदालतको फैसला विरुद्ध चिकित्सक संघ आन्दोलनमा

उपभोक्ता अदालतको फैसला विरुद्ध चिकित्सक संघ आन्दोलनमा

शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • काठमाडौं – उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। संघले मिति २०८२ असार १९ गते बिहीबार विभिन्न अस्पताल प्रमुख, मेडिकल र डेन्टल कलेज, चिकित्सक तथा स्वास्थ्यकर्मी संघ(संगठनहरूसँगको छलफलपछि आकस्मिक कार्यकारिणी बैठक बसेर आन्दोलनको कार्यतालिका तय गरेको हो।
    संघका महासचिव डा. सञ्जिव तिवारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति अनुसार, हालको अवस्था चिकित्सकहरूलाई हतोत्साहित पार्ने र असुरक्षा सिर्जना गर्ने खालको भएको निष्कर्ष निकालिएको छ। त्यसका विरुद्ध आवाज उठाउन चरणबद्ध कार्यक्रमहरू तय गरिएको छ।

    आन्दोलनका कार्यक्रम
    १.असार २०, शुक्रबार – नेपाल चिकित्सक संघका शाखाहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने।
    २.असार २२, आइतबार – सम्पूर्ण चिकित्सकहरूले आ(आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने।
    ३. असार २३, सोमबार – देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने।
    ४. सोमबारसम्म – चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय, काठमाडौंमा पठाउने।
    ५. असार २४, मंगलबार – चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमा बुझाउने।
    संघले चिकित्सक समुदायको आन्दोलनमा ऐक्यबद्धता जनाउने सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गर्दै, यो कदमबाट सर्वसाधारणलाई पर्ने असहजताको जिम्मेवारी राज्यकै हुने उल्लेख गरेको छ।
    ऐक्यबद्धता जनाउने संस्थाहरूमा एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल नर्सिङ एसोसिएसन, नेपाल फिजियोथेरापी एसोसिएसन, नेपाल भेटेरिनरी एसोसिएसन, एनाभीएमआईए, एनपीएचओ रहेका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend