२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

घाचोकको पहिरोमा पुरिएर हेम्जाका तेजवहादुरको मृत्यु

घाचोकको पहिरोमा पुरिएर हेम्जाका तेजवहादुरको मृत्यु

बिहिवार, श्रावण १६ २०८२
बिहिवार, श्रावण १६ २०८२
  • पोखरा  भीषण बर्षासँगै आएको पहिरोमा पुरिएर कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा बुधबार २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको छ । 
    पोखरा महानगरपालिका २५ का २३ वर्षीय गुरुङ घाचोकको वंगुर फर्ममा दाना लिएर जाँदै गर्दा माथिवाट खसेको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । 
    घाचोकको लस्तीखोलास्थित हेमजा माछापुच्छ्रे सडक खण्डमा विहान करिब १० बजे पहिरो खसेको थियो ।
    जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतले बुधवार दिउँसो करिब साढे २ बजे पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको जानकारी दिए । 
    सोहि पहिरोमा परेर स्थानीय शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते भएका छन । उनको  मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
    पोखराबाट विद्यालय जाने क्रममा शिक्षक पोखरेल सवार मोटरसाइकलाई पहिरोले पुरेको थियो । घाइते शिक्षक पोखरेललाई स्थानीयले उद्धार गरी तत्काल अस्पताल लगेका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend