२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

लोथर पेट्रोलियम पाइपलाइनको काम सुरू

लोथर पेट्रोलियम पाइपलाइनको काम सुरू

शनिवार, श्रावण १८ २०८२
शनिवार, श्रावण १८ २०८२
  • अमलेखगञ्ज—लोथर पेट्रोलियम पाइपलाइनको काम सुरू भएको छ।
    चितवनको राप्ती १ लोथरमा कार्यालय उद्घाटन गरिएको हो।
    कार्यक्रममा बोल्दै नेपाल आयाल निगमका उपनिर्देशक एवं आयोजना प्रमुख प्रदीपकुमार यादवले आजबाट परियोजना अघि बढेको र यसले अमलेखगञ्जदेखि लोथरसम्म पाइप लाइन बिछ्याउने क्रममा जनतासँगै जोडिएको विषय भएको बताए।
    अहिले मोतीहारी अमलेखगञ्ज पाइपलाइन रहेको उनले बताए। 
    उक्त परियोजनाको पाइपलाइन बिछ्याउने काम १५ महिनाभित्रै सम्पन्न गरेको उनले बताए। 
    अमलेखगञ्ज—लोथरसम्म ५४ महिनामा पाइपलाइन बिछ्याउने काम सक्ने लक्ष्य लिइए पनि यो धेरै लागेको उनले जनाए। 
    उनले ५४ महिनाको काम तीन वर्षमा सक्नेगरी प्रयास गर्ने पनि बताए। —न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend