२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

९२ मत पाएर यादव मधेश प्रदेश मुख्यमन्त्री बने

९२ मत पाएर यादव मधेश प्रदेश मुख्यमन्त्री बने

शुक्रवार, पौष ४ २०८२
शुक्रवार, पौष ४ २०८२
  • जनकपुर- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार बसेको प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। उनले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको छ। 
    उनले राखेको विश्वासको मतको पक्षमा ९२ मत परेको थियो। विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन्। एक सय ७ सदस्यीय मधेस प्रदेश सभामा विश्वासको मतका लागि ५४ सांसद आवश्यक पर्छ।
    प्रदेश सभाको अध्यक्षता गरिरहेकी उपसभामुख बबिता कुमारी राउत ईशरले शुक्रबार साँझ विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरिन्। उनले भनिन्, ‘माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम ४३ को उपनियम ४ बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त राख्नु भएको प्रस्तावको पक्षमा ९२ मत परेको र उक्त मत संख्या नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकोले माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु।’
    नेपाली कांग्रेस संसदीय दलका नेता यादव सात दलीय गठबन्धनका ७७ सांसदको समर्थनमा गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। आज उनलाई नेकपा ९एमाले०ले पनि विश्वासको मत दिएको हो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend