पोखरा- गहना लुटेर हजुरआमाको हत्या गरेर फरार भएको एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ३१ को बाँसपानीमा ७५ वर्षीय दालकुमारी परियारको हत्या आरोपमा २२ वर्षका नाति आशीष पक्राउ परेका हुन् ।
धारिलो हतियार प्रहार गरी हत्या गरेर र घाँटी र कानमा लगाएको गहरगहना लुटिएको भन्दै प्रहरीमा सूचना पुगेको थियो ।
त्यसकौ आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको टोलीले पोखरा १० बुद्धचोकबाट आशीषलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट कानमा लगाउने रिङ २ थान, सानो मुन्द्राहरू ४ थान बरामद भएको छ । गहनाको परिमाण ७२ लाल रहेको जनाइएको छ ।
उनलाई जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।