२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६

छनोटका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा

छनोटका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा

क्यानले घोषणा गरेको प्रारम्भिक टोलीमा नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी पनि समावेश छन्।

आइतवार, पौष ६ २०८२
आइतवार, पौष ६ २०८२
  • काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को छनोटका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले आइतबार २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। 
    क्यानले घोषणा गरेको प्रारम्भिक टोलीमा नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी पनि समावेश छन्। जसमा शेर मल्ल, विनोद भण्डारी, इसान पाण्डे, रुपेश सिंह, अविनास बोहोरा रहेका छन्।
    यस्तै टोलीमा रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल आलम, करण केसी, साहब आलम, भीम सार्की, बसिर अहमद, प्रतिश जि।सी छन्।
    आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ। विश्वकपका लागि तयारी क्याम्प सोमबारदेखि सुरु हुने क्यानले जनाएको छ। 
    नेपालले समूह चरणमा बंगलादेश, इङल्यान्ड, इटाली र वेष्ट इण्डिजसँग खेल्ने छ। नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा बंगलादेशसँग खेल्ने छ। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend