२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

एमालेका ७५ र कांग्रेसका ६६ निवर्तमान सांसद प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा

एमालेका ७५ र कांग्रेसका ६६ निवर्तमान सांसद प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा

आइतवार, पौष ६ २०८२
आइतवार, पौष ६ २०८२
  • काठमाडौँ - नेपाली कांग्रेस र एमालेका बहुमत निवर्तमान सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर जुटाएका छन्।
    एमालेका ७५ र कांग्रेसका ६६ गरी १४१  निवर्तमान सांसदले पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका हुन्। २७५ सदस्यीय प्रतिनिधि सभामा १३८ सांसदको बहुमत हुन्छ।
    एमालेले मंसिर १० गते नै  ७५ सांसदको हस्ताक्षरको सूचीसमेत सर्वोच्च अदालतमा बुझाइसकेको थियो भने कांग्रेसले सोमबार सांसद्हरूको हस्ताक्षार लिएर सर्वोच्च जाने तयारी गरेको निवर्तमान सांसद् रामहरि खतिवडाले जानकारी दिए। उनी पनि हस्ताक्षरकर्ताहरूमध्ये एक हुन्।
    मंसिर २३ गते कांग्रेसा प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित ८ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। कांग्रेसले सोही रिटमा पक्ष कायम गर्न थप ५८ निवर्तमान सांसदहरूको हस्ताक्षर गराएको हो। कांग्रेसका प्रमुख सचेतक घिमिरेले सोमबार उक्त हस्ताक्षर लिएर सर्वोच्च अदालतमा जाने तयारी गरेका छन्।
    कांग्रेसका शीर्ष नेताहरूले भने यसमा हस्ताक्षर गरेका छैनन्।
    कांग्रेसका थप निवर्तमान सांसदहरूले पनि हस्ताक्षर गर्न आउने जानकारी पठाएको कांग्रेस संसदीय दलका एक कर्मचारीले देशसञ्चारसँग बताए।
    कांग्रेसले संसद विघटन असंवैधानिक भने पनि निर्वाचनमा जाने धारणा सार्वजनिक गरिसकेको छ भने एमाले भने राजनीतिक रूपमा निर्वाचनको विपक्षमा रहँदै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend