२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

काठमाडौँभित्र १ हजार ६ सय रोपनी जग्गा रोक्का

काठमाडौँभित्र १ हजार ६ सय रोपनी जग्गा रोक्का

आइतवार, पौष ६ २०८२
आइतवार, पौष ६ २०८२
  • काठमाडौँ-सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौँ उपत्यका भित्र १ हजार ६ सय रोपनी जग्गा रोक्का राखेको छ ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री शुसीला कार्कीसँग भएको छलफलमा आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकारीहरुले काठमाडौँ उपत्यकाभित्र मात्र १ हजार ६ सय रोपनी जग्गा रोक्का राखेको जानकारी गराएको थियो।
    प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिनुभएको छ।
    आज अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्व सचिव भुपाल बराल र नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेलसमेतको उपस्थितिमा प्रधानमन्त्री कार्कीले विभिन्न अनुसन्धान गर्ने निकायहरुबाट ब्रिफिङ लिनुभएको हो।
    ती निकायका प्रमुखहरुले सम्पत्ति शुद्धीकरण कसुरमा समयमै अनुसन्धान तथा अभियोगनको प्रक्रियामा लैजाने, अपराधबाट आर्जित सम्पत्ति रोक्का र जफत गर्ने विषयमा भएको प्रगतिबारे जानकारी गराउनुभएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend