२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

ललितपुरमा हायुको साथीको पनि शव फेला

ललितपुरमा हायुको साथीको पनि शव फेला

सोमवार, पौष ७ २०८२
सोमवार, पौष ७ २०८२
  • काठमाडौँ - सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ स्थायी घर भएका २५ वर्षीय केशवराज हायुको ललितपुरमा हत्या प्रकरणबारे अनुसन्धान गरिरहेको प्रहरीले उनका साथीको पनि शव फेला पारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, लतिलपुरको टोलीले सोमबार बिहान लतिलपुरको लाकुरी भन्ज्याङ जंगलमा भोजपुर स्थायी घर भएका पारुहाङ राईको शव पारेको प्रहरीले जनाएको छ ।
    जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीले शव बरामद गरिएको पुष्टि गरेका छन् । यसअघि प्रहरीले हायुको हत्यामा उनकै ज्वाइँलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । उनीसहित पक्राउ परेका दुई जनाले पारुहाङसमेतको मिलेमतोमा हत्या भएको दाबी गर्दै आएका थिए ।
    प्रहरीका अनुसार, दुवै जना वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका थिए । हायुको शव लुभुमा रहेको एक कृषि फार्मको इनारमा फ्याँकेको अवस्थामा भेटिएको थियो । पारुहाङ पनि सोही फर्ममा काम गर्दै आएका थिए ।
    अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार, हालसम्मको जाँचमा हायुको अन्यत्रै हत्या गरेर मोटरसाइकलमा त्यहाँसम्म ल्याएर छाडेको हुनसक्ने देखिएको थियो । ‘यो आर्थिक विषयका कारण दुईरतीन जनाको संलग्नतामा भएको हत्या जस्तो देखिन्छ,’ ती अधिकृतले भने, ‘थप केही व्यक्ति पक्राउ पर्ने वित्तिकै विस्तृतमा खुल्छ ।’
    प्रहरीका अनुसार, आरोपीमध्ये एकजनाको कोठाबाट हत्यामा प्रयोग भएको हम्मर, कपडा लगायत समेत बरामद भइसकेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend