२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

साढे चार किलो कोकिनसहित दुई भारतीय र थाई महिला पक्राउ

साढे चार किलो कोकिनसहित दुई भारतीय र थाई महिला पक्राउ

बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२

  • काठमाडौँ - प्रहरीले झन्डै साढे ४ किलो कोकिनसहित दुई भारतीय र एक थाई महिलालाई काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको छ ।
    लाओसबाट सिंगापुर हुँदै आएका भारतीय नागरिकका साथबाट ३ किलो ७५० ग्राम र लाओसबाट थाइल्यान्ड हुँदै नेपाल आएकी थाई महिलाका साथबाट ५ सय ५० ग्राम प्रतिबन्धित लागुपदार्थ कोकिनसहित लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो ।
    पक्राउ पर्नेमा भारतीय नागरिक २१ वर्षीय मुरचलेन्ड हुसेन, ५५ वर्षीय जेभियर म्याथ्यु थालियाचेरी र ४० वर्षीया थाई महिला रुसानी कामा छन् । ब्युरोका एसएसपी कृष्णप्रसाद कोइरालाका अनुसार दुई भारतीय शनिबार र थाई महिला सोमबार पक्राउ परेका हुन् । उनीहरु सिनामंगलको एक होटलमा बस्दै आएका थिए ।हुसेन भने कोकिन लिन भारतबाट नेपाल आएका हुन् ।
    गोप्य सूचनाका आधारमा ब्युरोका इन्सपेक्टर सविन कार्की र प्रहरी नायव निरीक्षक विचित्र मगर सहितको टोलीले अपरेसनका क्रममा उनीहरुलाई होटलबाहिरबाट पक्राउ गरेको थियो । होटल खानतलासी गर्दा उक्त परिमाणको लागुऔषध कोकिन बरामद भएको हो । बरामद कोकिनको बजारमूल्य १२ करोडभन्दा बढी पर्ने प्रहरीले जनाएको छ ।
    भारतीय नागरिकले कफीको प्याकेटभित्र र थाई महिलाले क्याप्सुल बनाएर निलेर ल्याएकी कोकिन भित्र्याएकी थिइन् । चिकित्सा विधिबाट उनको पेटमा रहेको क्याप्सुल दिसामार्फत बाहिर निकालिएको थियो । तीनै जना ब्युरोको नियन्त्रणमा छन् ।
    विदेशमा रहेको गिरोहले निश्चित रकमको प्रलोभनमा पारेर भरियाका रुपमा उनीहरुलाई प्रयोग गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसअघि पनि त्यही रुटबाट पटकपटक गिरोहले नेपाललाई ट्रान्जिट बनाएर भारततिर लैजाने गरेका तथ्य सार्वजनिक भएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend