२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

देश बंगलादेश चाहिँ नहोस्- प्रम कार्की

देश बंगलादेश चाहिँ नहोस्- प्रम कार्की

बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले  जेनजी समूहले आफुलाई पद छाड भनेर दबाबसँगै गाली गरेका गुनासो गरेकी छिन ।  बिहीबार बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री कार्कीले यसरी आफुमाथि गाली बर्षिदा दिक्क भएको वताईन । उनले राजनीतिक दल र जेनजीका समूहहरुले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको बताएकी हुन् । 
    सबैतिरबाट गाली आएको भन्दै दिग्दारी व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले आफूहरूका बारेमा पनि कथा लेख्न सुझाइन् । कतै जाँदा पनि सुख नहुने अवस्थामा आफूहरू रहेको उनको भनाइ छ ।

    यस्तो छ प्रधानमन्त्री कार्कीको भनाइ
    हामी अचानो जस्तो पो रहेछौँ । राजनीतिक दलले पनि गाली गर्छ । मारले गाली गर्छ । अहिले छोड्, भोलि छोड् भन्छ । जेनजीले पनि आजै छोड्, भोलि छोड्, पर्सि छोड् भन्छन् । छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरूलाई एउटा, तिमीहरूको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्‍यौ भन्ने भाष्य आउँछ । हामी त पेन्डुलम जस्तो भयौँ । त्यही पनि सकस गरेर, मेहनत गरेर, बहुत धैर्य धारण गरेर काम गर्दैछौँ । निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ, युवाहरूमा । कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ । हाम्रो बारेमा पनि कथा लेख्नुस् । २५ वटा ३० वटा जेनजी समूह हुनुहुन्छ । एउटाले एउटा काम, अर्कोले अर्को काम गर भन्नुहुन्छ । मुलुक बंगलादेश नहोस् भन्ने सुरमा हामी छौँ । बंगलादेश चाहिँ नहोस् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend