२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

पूर्वगृहमन्त्री रमेश लेखक आयोगमा बयान दिन जाने

पूर्वगृहमन्त्री रमेश लेखक आयोगमा बयान दिन जाने

बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकले आफू जेनजी आन्दोलन एवम् भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित   आयोगमा बयान दिन जाने बताउनु भएको छ ।

    बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आगामी सोमबार जाँचबुझ आयोगमा बयानका लागि  जाने स्पष्ट पार्नु भएको हो ।

    ‘भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ । बयानका लागि मैले आयोगमा जाने निर्णय गरेको छु । आयोगले शुक्रबारका लागि बोलाएको हो । म सोमबार जान्छु’  लेखकले संचारकर्मीसँग भन्नुभयो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend