२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

मस्जिदमा विस्फोट हुँदा ८ जनाको मृत्यु, २० घाइते

मस्जिदमा विस्फोट हुँदा ८ जनाको मृत्यु, २० घाइते

शुक्रवार, पौष ११ २०८२
शुक्रवार, पौष ११ २०८२
  • काठमाडौं- सिरियामा शुक्रबार एक मस्जिदमा विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने करिब २० व्यक्ति घाइते भएका छन्।
    बीबीसीका अनुसार सिरियाको होम्स प्रान्तस्थित मस्जिदमा प्रार्थना गर्न मानिस भेला भइरहेका बेला विस्फोट भएको हो। विस्फोट अलावी समुदायको बाहुल्य रहेको अल(दहाब क्षेत्रमा भएको हो।
    सिरियाको सरकारी सञ्चारमाध्यमका अनुसार प्रारम्भिक अनुसन्धानले मस्जिदभित्र राखिएको विस्फोटक पदार्थका कारण विस्फोट भएको देखाएको छ।
    होम्समा हालैका हप्ताहरूमा हत्या(हिंसाका घटना बढेका छन्। स्थानीयले थप सुरक्षा माग गरिरहेका छन्।
    उल्लेखनीय कुरा के हो भने गत वर्ष विद्रोही हमलाबाट लामो समयदेखि राष्ट्रपति बसर अल(असदलाई पदच्युत भएपछि सिरियामा साम्प्रदायिक हिंसा बढेको छ। बसर अल(असद अलावी समुदायका हुन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend