२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

पोखराको मुस्ताङ्गचोकमा दुर्घटना

बोलेरो जीपको ठक्करवाट स्कुटरचालकको मृत्यु, पछाडि सवार  गम्भिर घाईते

बोलेरो जीपको ठक्करवाट स्कुटरचालकको मृत्यु, पछाडि सवार  गम्भिर घाईते

घटनापछि वडा प्रहरी कार्यालय बैदाम पोखराको टोलीले बोलेरो जिप र चालकलाई शुक्रबार विहान पोखरा ७ मासवारवाट पक्राउ गरेको छ ।

शुक्रवार, पौष ११ २०८२
शुक्रवार, पौष ११ २०८२
  •  
    पोखरा- बोलेरो जीपको ठक्करवाट पोखराको मुस्ताङ्गचोकमा बिहीवार राति स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा सोही स्कुटरमा सवार अर्का युवक गम्भिर घाईते भएका छन । 
    बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग ३ च १९०३ नम्बरको सिङ्गल क्याब बोलेरो जिपले बिहिबार राती १० बजेको समयमा राष्ट्रबैंक चोकदेखी मुस्ताङचोकतर्फ आउँदै गरेको ग ९ प ६१८५ नं.को स्कुटरलाई पोखरा १७ मुस्ताङचोकमा ठक्कर दिएको थियो । ठक्करवाट गम्भीर घाइते भएका स्कुटर चालक स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं.३ का २० वर्षीय विवेक रानाभाटलाई गण्डकी मेडिकल कलेज पोखरामा लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । स्कुटरको पछाडी बसेका गोरखाको सिरानचोक गाउँपालिका वडा नं.१ घर भई हाल पोखरा १७ घारीपाटन बस्ने २० बर्षिय  प्रविन गुरुङको घाइते अवस्थामा गण्डकी मेडिकल कलेज पोखरामा नै उपचार भैरहेको प्रहरीले जनाएको छ । 
    घटनापछि वडा प्रहरी कार्यालय बैदाम पोखराको टोलीले बोलेरो जिप र चालकलाई शुक्रबार विहान पोखरा ७ मासवारवाट पक्राउ गरेको छ ।
    वोलेरो चालक चितवन इच्छाकामना गाँउपालिका ३ स्थायी वतन भएका वर्ष २० का देव बहादुर गुरुङलाई  पक्राउ गरेर अनुसन्धान र कार्वाही प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend