२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

रवि, बालेन र कुलमान सहमतिनजिक

रवि, बालेन र कुलमान सहमतिनजिक

शुक्रवार, पौष ११ २०८२
शुक्रवार, पौष ११ २०८२
  • काठमाडौँ – रास्वपा, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह भावी राजनीतिक यात्रामा मिलेर अघि बढ्ने विषयमा सहमति नजिक पुगेका छन्।

    रास्वपा सभापति रवि लामिछाने जेलबाट छुटेपछि वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि भएको प्रयासले सार्थकता पाउने अवस्थामा पुगेको निकट स्रोतहरुको दाबी छ।

    रास्वपालाई नै मूलघर मानेर घिसिङ र बालेनले हिस्सेदारी लिएर पार्टी निर्माण गर्ने र १४ गतेभित्र समानुपातिकतर्फको उम्मेदवार सिफारिस गर्ने विषयमा सघन छलफल अघि बढेको हो।

    उनीहरुबीच शुक्रबार नै औपचारिक रुपमा लिखित सहमति हुने बताइए पनि द्विपक्षीय त्रिपक्षीय छलफल नटुंगिएपछि शनिबार ठोस सहमति हुने भएको हो।

    उनीहरुबीच शुक्रबार सघन रुपमा विभिन्न तहमा छलफल भएको थियो।

    स्रोतका अनुसार आउँदो चुनाव र पार्टीमा रास्वपाको ४० प्रतिशत, कुलमान र बालेनको २५/२५ प्रतिशत र बाँकी १० प्रतिशत जेनजीहरुलाई दिने गरी सहमतिको खाका तयार पारिएको छ। त्यस्तै एकीकृत पार्टीको नेतृत्व लामिछानेले नै गर्ने र घिसिङ र बालेनलाई दोस्रो तहको नेता बनाउने विषयमा छलफल भइरहेको बताइएको छ।

    चुनाव चिन्ह रास्वपाको घण्टी नै बनाउने विषयमा सहमति जुटेको छ।

    जेनजी आन्दोलपछि पुराना दलहरुप्रति झन बढेको वितृष्णालाई वैकल्पिक शाक्तिका रुपमा लामिछाने, बालेन र घिसिङबीच सहकार्य हुन लागेको हो। यस विषयमा रास्वपाका तर्फबाट शिशिर खनाल र बालेनका तर्फबाट कुमार व्यञ्जनकार सहमतिको अन्तिम खाका बनाउन व्यस्त रहेको स्रोतले उल्लेख गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend