काठमाडौं- चीनले रक्षा (सैन्य) क्षेत्रसँग सम्बन्धित २० अमेरिकी कम्पनी र १० अधिकारीहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यी प्रतिबन्धहरूमा कम्पनीहरूको चीनमा रहेका सम्पत्तिहरू जफत गर्ने र उनीहरूसँगको कारोबारमा रोक लगाउने कार्य रहेको चिनियाँ परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यो कदम ताइवानले अमेरिकासँग हतियार किन्ने घोषणा गरेको एक हप्तापछि आएको हो । ताइवानले अमेरिकासँग १० अर्ब डलरभन्दा बढीको हतियार खरिद गर्ने सम्झौता गरेको छ । उक्त सम्झौताप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ ।
चीनले शुक्रबार भन्यो, “ताइवानको मुद्दा चीनको मूल स्वार्थ (इन्ट्रेष्ट) को मुख्य केन्द्रमा छ भन्नेमा हामी पुनः जोड दिन्छौँ र यो पहिलो ‘सीमा रेखा’ हो जसलाई चीन–अमेरिका सम्बन्धमा नाघिनु हुँदैन ।”
कुनै पनि कम्पनी वा व्यक्तिले ताइवानलाई हतियार बेचेमा त्यसको मूल्य चुकाउनुपर्ने चीनले बताएको छ ।